बरियारपुर,बाराको महागढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को दोस्रो बैठक तथा छैठौं नगर सभा बुधवार सम्पन्न भएको छ ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सो नगर सभामा नगर उपप्रमुख तथा योजना तर्जुमा समितिकी संयोजक तारादेवी कानुले आर्थिक वर्ष २०७९÷०८० को लागि चालुतर्फ ४३ करोड ३० लाख ३० हजार र पुजीगततर्फ २५ करोड ८४ लाख ३० हजार गरी कुल रकम ६९ करोड १४ लाख ६० हजार रूपैयाँको बजेट नगर सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तुफा, लेखा प्रमुख मनिषकुमार कलवार, वडा नं.१ का वडा अध्यक्ष मनोज कुमार गुप्ता, वडा नं.२ का वडा अध्यक्ष विश्वनाथ प्रसाद कुशवाहा, वडा नं.३ का वडा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल, वडा नं.४ को वडा अध्यक्ष मनोज कुमार, वडा नं.५ का वडा अध्यक्ष गजेन्द्र कुमार जयसवाल, वडा नं.६ का वडा अध्यक्ष गेना राउत अहिर, वडा नं.७ का वडा अध्यक्ष शिवेन्द्र प्रसाद सिंह, वडा नं.८ का वडा अध्यक्ष वोहाब अंसारी, वडा नं.९ का वडा अध्यक्ष दिलिप शुक्ला, वडा नं.१० का वडा अध्यक्ष चन्दन कुमार साह, वडा नं.११ का वडा अध्यक्ष अरबिन्द बन्ठालगायत नगर कार्यापालिका सदस्य, वडा सदस्य, नगरपालिकामा कार्यरत विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू, नगर प्रहरी, सुरक्षाकर्मी, बुद्धजीवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । सो नगर सभाको सञ्चालन प्रशासन प्रमुख गणनायक ठाकुरले गर्नुभएको थियो ।