सिकिन्द्र साह

सिम्रौनगढ,सिम्रौनगढमा नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटी गठन भएको छ ।

जिल्लाको क्षेत्र नम्बर १ प्रदेश सभा ख मा पर्ने सिम्रौनगढ नगरपालिका वडा नम्बर २ रानिवासमा नेकपा एमाले र जसपा कार्यकर्ताहरुको संयुक्त बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जयसवालको अध्यक्षतामा बसेको बैठकले जसपाका नगर अध्यक्ष पनालाल कुशवाहाको रोहबरमा ११५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेबाट बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली, मधेस प्रदेशका पूर्वसभामुख एंव जसपाबाट प्रदेश सभा उम्मेदवार सरोज यादवलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै उम्मेदवार मैनालीले क्षेत्र नम्बर १ मा एमाले र जसपा गठबन्धनका उम्मेदवारहरुको जित निश्चित रहेको बताउनुभयो । अर्का उम्मेदवार यादवले पनि जसपा एमाले गठबन्धनका उम्मेदवारहरुलाई जनताले विजयी तुल्याउने बताउनुभयो । उहाँले एमाले र जसपाका कार्यकर्ताहरुले जनताको घरघरमा पुगेर सत्ता गठबन्धनको सरकारले गरेको जनविरोधी क्रियाकलाप बारे भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्ववडा अध्यक्ष हेमचन्द्र जयसवार, राजेस यादव, नेकपा एमालेका युवा नेता सुनिल कुशवाहा, प्रमानन्द मुखिया कोल्हबी नगरपालिकाका पूर्वनगर प्रमुख भरतबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply