जिल्ला प्रशासन कार्यालय पर्सामा एकजना सामान्य पदमा कार्यरत कर्मचारी पाँच हजार घुस रकम सहित पक्राउ परेको खबरले सबैको ध्यान आर्कषण गरेको छ । हुन त घुसको रकमको कुनै हिसाव हुन्न । एक रुपैयाँ भए पनि घुस नै हो भने करोडौं रकम भए पनि घुस नै हो । तर घुसको प्रकृतिको बिषयमा भने समीक्षा हुन आवश्यक छ । जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम लिएको भन्ने उजुरीको आधारमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

एउटा सामान्य तहको कर्मचारीले कसैको काम गरे बापत झिनो रकम लिएको छ भने यस्तो बिषयमा अख्तियार होस् वा यस्तै सरोकारवला निकाय मौन नै बस्दा उचित होला । किन भने यो देशमा ५ हजार रकम घुस लिनेहरु मुख्य दोषि होइनन् । यहाँ त करोडौंको रकम अपचलन गर्नेहरु छन्, उनीहरुलाई कानुनी दायरामा ल्याउन सक्नुपछ्र्र ।

हुनत यस्तो बिषयमा देशका माथिल्लो निकायमा रहेकाहरुले थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्ने गरेका छन् । जे भए पनि सामान्य रकमको कुराभन्दा पनि देशमा राजश्व माराहरुलाई ठीक ठाउमा ल्याउनका लागि अख्यितारको पहल हुन आवश्यक छ । सानालाई ऐन ठूलालाई चैन यो देशमा हुने गरेको छ, जुन एकदमै गलत हो ।

 

Leave a Reply