कलैया,काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये दुईजना बारा जिल्ला निजगढ नगरपालिकाका रहेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले लुटेको २० थान मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ नगरपालिका घर भइ वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ्ग तथा खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका भीम राईलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here