नरेश गुप्ता
कलैया,नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमाले मधेसी जनताको हिमायति भएको बताउनुभएको छ ।
नेकपा एमाले बाराको दशौं जिल्ला अधिबेशनको बुधबार कलैयामा उद्धाटन सत्रलाई एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मधेस र मधेसी जनताको सबैभन्दा ठूलो हिमायति रहेको बताउनुभएको हो । ‘हाम्रो पार्टी र अध्यक्ष ओलीलाई मधेसवादी दलले मधेस विरोधीको रुपमा चित्रित गरिएको थियो, उहाँले भन्नुभयो, तर अहिले एमालेको व्यवहार देखेर जनताको मन पनि परिवर्तन भएको हुनुपर्छ ।’ महासचिव पोख्रेलले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले नागरिकता विधयक, तराईका मुख्य सहर सुन्दरीकरण, हुलाकी मार्ग निर्माण, सुनकोसी–मरिन–बागमति ड्राइभर्शन सिँचायी योजना जस्ता योजनाहरु संचालन गरेर आफूहरुले मधेसी जनताको विकासको लागि सबैभन्दा धेरै काम गरेको बताउनुभयो । उहाँले मधेसका जनताको हितमा यति धेरै काम गर्ने पार्टी मधेस विरोध हुन नसक्ने भन्दै जनताले अब यो कुराको मूल्याङ्गन गर्नुपर्ने बताउनुभयो । जनतालाई भ्रममा पार्न एमाले विरुद्ध कुप्रचार गरिएको थियो भन्दै उहाँले अब विपक्षीको लागि एमालेको विरोध गर्ने मुद्दा सकिएको पनि बताउनुभयो । उहाँले मधेसी दलका नेताहरु उपेन्द्र यादव र राजेन्द्र महतोलाई पनि सरकारमा सामेल गराएर आफूहरुलाई भनिने गरिएको मधेस विरोधी आरोपमा व्यवहारबाटै खण्डन गरेको पनि बताउनुभयो । प्रदेश नम्बर २ को सरकार सुशासनमा कमजोर देखिएको भन्दै प्रदेशको सम्बृद्धिको लागि अगामी निर्वाचनमा नेकपा एमालेले एक्लैले बहुमत पाउनु पर्ने बताउनुभयो । आफूहरुलाई मधेसको मसिया भन्ने दलहरुले मधेसी जनताको लागि केही काम गर्न नसकेको बरु आफ्नो लागि कामाण्डौंमा महलमात्रै बनाएको पनि बताउनुभयो ।
नेपाली कांग्रेस, माओबादी केन्द्र, जसपालगायत दलहरुसंग अहिले एक्लै चुनाव लडने सामथ्र्य नभएको भन्दै आगामी निर्वाचनमा एमाले बहुमत ल्याउने पनि दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले जनताको लागि काम गर्ने पार्टी एमालेमात्रै भएको दाबी गर्नुभयो । त्यसैगरी पोलिटब्युरो सदस्य प्रभु साहले कांग्रेस र मधेसवादी दलहरुको तुलनमा कम्युष्टि पार्टीले मधेसका गरिव र पिछडिएको समुदायको उन्नतिमा उल्लेख्य काम गरेको बताउनुभयो । पोलिटब्युरो सद्स्य अच्युत मैनालीले पार्टीको व्यक्तिगत लाभहानी नहेरी कार्यकर्ताले पार्टी र जनताको हितको लागि काम गर्नुपर्ने बताउनुभयो । त्यसैगरी पार्टीकी अर्की पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री ज्वालाकुमारी साहले व्यक्तिगत पद र प्रतिष्ठा ठुलो कुरो नभएको बताउदै पार्टी सबैभन्दा ठूलो भएकोले पार्टीको हितको लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले बारा जिल्ला अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा भएको उद्धाटन सत्रमा केन्द्रीय सदस्य बलवीर चौधरी, सुमन प्याकुरेललगायतले अधिबेशनको सफलताको कामना गर्नु भएको थियो ।
कलैयास्थित जानकी सिनेमा हलमा आयोजना गरिएको अधिबेशनको उद्धाटन सत्र कार्यक्रमको संचालन पार्टीको केन्द्रीय सदस्य महमद समिर र जिल्ला कमिटी उपसचिव गोविन्द पौडेलले गर्नुभएको थियो । अधिवेशन अन्तर्गत बुधबार नै भएको बन्द सत्रले पार्टी निवर्तमान पार्टी अध्यक्ष देवनारायण चौधरीले प्रस्तुत गरेको राजनीतिक र सांघठानिक प्रतिवेदन सर्वसहमतिले पास गरेको छ । अधिवेशनले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरी बिहिवार सम्पन्न हुने क्रार्यक्रम रहेको छ ।
फोटो पनि छ ।