वीरगन्ज,चोरीको मोटरसाइकल चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर चलाइरहेको सूचनाको आधारमा खटिएको प्रहरीलाई ५ वटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । प्र.२ ०३००३ प ७५०९ र ना. ३७ प २०२४ नम्बरको मोटरसाइकल चोरीको कसूरमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी २१ वर्षीय सुमित कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

सुमित कुशवाहासँगै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय राजन मण्डललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । यि दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्टबाट पक्राउ परेका हुन् ।
वीरगन्ज १२ मुर्लीकै १९ वर्षीय अबय मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसियालाई प्रहरीले पक्राउ गरेको छ । ना. १८ प ४२१९ नम्बरको मोटरसाइकल चोरी कसूरमा चौरसियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । उहाँका अनुसार चौरसियालाई वीरगन्ज महानगरपालिका वडा नम्बर २५ रामगढवाबाट पक्राउ गरिएको हो ।
सोही मोटरसाइकल चोरीमा संलग्न वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका २० वर्षीय रिकी मण्डल पनि पक्राउ परेका छन् ।
त्यस्तै पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ गुलवरियाबाट पनि प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पोखरिया नगरपालिका वडा नम्बर ६ सिर्सिया निवासी २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरिएको प्रवक्ता एवम् सूचना अधिकारी गिरीले जानकारी दिनुभयो । पक्राउ परेका छ जनालाई नै चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले बताउको छ ।

















