नरेश गुप्ता
कार्तिक २२ । पंचबर्षिय गढीमाई मेला संगै बाराको महागढीमाई नगरपालिका अन्तर्गतको विभिन्न क्षेत्रमा कृषि सिचाइको लागि बिधुतिकरणको कार्य तिब्र पारिएको छ । पंचबर्षिय गढीमाई मेलालाई ब्यवस्थापन गर्न भक्तजनको लागि प्रमुख चुनौतीको रुपमा रहेको खानेपानी , स्वास्थ , शौचालय , संगै मेला भरी बिजुलिबतिको कार्य तिब्र पारिएको पंचबर्षिय गढीमाई मेला बिधुत उपसमितिको संयोजक जहिर अंसारिले बताउनु भयो ।
महागढीमाई क्षेत्रको कृषि उपज बढाउन कृषि सिचाइको लागि बिधुतिकरण गरि सिचाइको भरपर्दो ब्यवस्था मिलाईएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो । कृषि आधुनिकरणको लागि सिचाइको समस्या बाट कृषकलाई छुटकारा पाउन महागढीमाई नपाले कृषि आधुनिकरणलाई प्राथमिकता राखिएको नगर प्रमुख यादवले बताउनु भयो । कृषि सिचाइको लागि नेपाल बिधुत प्राधिकरण क्षेत्रीय शाखा हेटौंडाबाट ५ करोड भन्दा बढीको तार , पोल लठा बिभागले दिएको र कामदारको लागि लाग्ने ज्याला ७० लाख महागढीमाई नपाले बेहोर्ने वहाले बताए ।
कृषि सिचाईको लागि जडान हुन लागेको बिधुतिकरणले यश भेगमा सिचाइको समस्या सदाको लागि अन्त हुने बिधुत उप समितिको सचिव साजन गुप्ताले बताए । महागढीमाई नगरपालिकाको वडा न १ गढीमाई क्षेत्र , वडा न २ को हुलाकी सडक , गंजभवानिपुर मल्हनी जाने बाटोमा , पसहा पुल देखि भुतही पुलको बिछ बिचमा बिधुतिकरण गर्ने लक्ष्य रहेको छ ।