बिदुर खडका

डुमरवाना,बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा चर्चामा रहनुभएको किसनकुमार श्रेष्ठले आगामी निर्वाचनमा जनताले विजयी तुल्याए आफूले पाउने पारिश्रमिकब्रम्हकुमारी राजयोग सेवा केन्द्र सिमरालाई सहयोग गर्ने बताउनुभएको छ ।

राजयोग सेवा केन्द्रले दशंै र दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका श्रेष्ठले नेपाली काग्रेसका बरिष्ठ नेता रामचंन्द्र पौडेलको आग्रहमा आफूले तनहँु जिल्ला छोडेर आगामी निर्वाचनमा आफु नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न लागेको बताउनुभयो । उहाँले ५ दलीय गठबंन्धनको तर्फबाट उमेदवार बन्ने पनि बताउनुभयो ।

बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्मासहित नेकपा समाजवादीका प्रभावशाली नेताहरु हालै एमालेमा फर्किएको घटनाप्रति संकेत गर्दै श्रेष्ठले चाकरीबाज र अवसरवादी नेताहरु जस्तो आफू इमान बचेर कहिल्यै कसैसंग पनि नझुक्ने र सधै जनताको सेवामा लागि पर्ने बताउनुभयो ।

राजयोग सेवाकेन्द्रका परमेश्वर भाइजीले संञ्चालन गरेको कार्यक्रममा सेवा केन्द्रकी प्रमुख मधु दिदीले दशंैमा मानव जातिले पशुलाई बली दिएर भगवान खुशी नहुने बताउनुभयो । कार्यक्रममा मधु दिदीले नेता किसान श्रेष्ठ होटल तथा पर्यटन व्यवसायी संघ बाराका पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्दै आर्र्शिवादसमेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा, होटल तथा पर्यटन संघ बाराका अध्यक्ष अर्जुन लम्साल, राप्रपाका माधब त्रिपाठी तथा राजयोग सेवा केन्द्रका अनुयायीहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा दुर्गा भवानीकोे झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

 

Leave a Reply