काठमाण्डौं,चितवनको सिमलतालबाट पहिरोसँगै खसेर हराइरहेको बस खोज्न प्रयोग भएको चुम्बक नै त्रिशूलीले बगाइदिएको छ ।त्यहाँ शनिवार अपराह्न बस पत्ता लगाउन प्रयोग गरिएको १४ किलो र १९ किलोका २ मध्ये १९ किलोको चुम्बक भने नदीले बगाइदिएको हो ।उक्त चुम्बक भारतबाट मगाइएको थियो । अहिले भारत र नेपालको खोज तथा उद्धार टोलीले बस र यात्रुको खोजी गरिरहेको छ ।अहिले चुम्बकको खोजी भइरहे पनि पत्ता लाग्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ । गएको असार २८ गते यहाँ पहिरोसँगै दुईवटा बस खसेर बेपत्ता भएको थियो ।
बसमा सवार ३७ यात्रुको अवस्था अझै अज्ञात छ । २५ जनाको शव निकालिएको छ ।

Leave a Reply