राजन कुमार बानिया

पेखरिया,पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं ३ बिजबनिया गाउँमा रहेको शिव मन्दिरको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले उद्धाटन गर्नुभएको छ ।

बिजबनिया गाउँमा नवनिर्मित शिव मन्दिरको एक कार्यक्रमका बीच गाउँपालिका प्रमुख यादवले विधिवतरुपमा पूजापाठ गरि उद्धाटन गर्नुभएको हो । शिव मन्दिरमा लिंग, स्थापनाको साथै बसहाको पनि स्थापना गरिएको थियो।

नेपाली काँग्रेस क्षेत्र नं ४ (क) बाट निर्वाचित प्रदेश साँसद शंकरप्रसाद चौधरीको संसदीय कोषबाट ५ लाखको लागतमा निर्माण भएको मन्जय गिरीले जनाउनुभएको छ ।

नवनिर्मित मंदिर उद्धाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री,वडा अध्यक्ष सुवास यादव,जानकिटोलाका पूर्वगाविस अध्यक्ष झकड मियाँ, क्षेत्रिय सचिव बलिस्टर अहम्द, स्थानीय शंकर यादव, पह्लाद राम, सोवालाल साह, लक्ष्मी यादवलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply