कृष्ण मोहन साह
सेढवा,सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पर्साको ठोरीबाट खटिएको टोलीले लागु औषधसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल ठोरीबाट खटिएको टोली सुवर्णपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको ना. ६ ख. ४०१ नम्बरको ठोरी मेट्रो नामक नाईट बसलाई नियन्त्रणमा लिएको हो ।
ठोरी गाउँपालिकाको वडा नम्बर २ स्थित रहेको वि.ओ.पि. ठोरीको मुलगेट अगाडि बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिट मुनी झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद भएको छिन्नमास्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिनुभयो ।
चालक बस्ने सिटको पछाडिको सिटमुनि २ प्याकेट, ३ हजार ट्याब्लेट र चालकको बायाँपट्टि रहेको क्याबिनको लामो सिट मुनि १ प्याकेट, १५ सय ट्याब्लेट, प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध निट्राभेटसमेत गरि जम्मा ४ हजार ५ सय ट्याब्लेट, ३०० पत्ता १५ ट्याब्लेट, फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक संतोषकुमार बस्नेतले वताउनुभयो ।
लागुऔषध र बससहित चितवनको माडी नगरपालिका वडा नम्बर ८ अयोध्यापुरी बस्ने बर्ष ४४ को लालबहादुर सुनार (बस चालक) र सोही वडाका जिबनपुर बस्ने वर्ष २५ को बासुदेव दर्जीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।