अनिल तिवारी,

सिमरा, १२ भदौँ– बाराको सिमरास्थित नरबस्तिका एक हुल युवाहरु बिहिबार बिहान हातमा अन्नपातले भरिएका झोला र बोरा बोकेर हतारिदै घरबाहिर निस्किदै गरेका थिए ।

एकाबिहानै खाद्यन्नले टन्न भरिएका बोरा र झोला बोकेका युवाहरु कता जान लागेका होलान । धेरै स्थानीयबासिन्दाको मनमा यस्तै जिज्ञास थियो । कतिपयले त बेचेर घरगर्जो टार्न बजारका पसलतिर पो जान लागेका हुन कि भन्ने पनि सोचे । तर युवाहरु भने अन्नपात बेच्न नभइ, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ र २ का युवाहरुले संचालनमा ल्याएको ‘फुड बैँक’ मा दान गर्न हतारिदै संकलन बुथतिर लागेका थिए ।

सिमरा र पथलैयाका युवाहरुले कोरोना संक्रमित विपन्न परिवारमा खाद्यान्न जोहो गर्ने उद्देश्यले दाताको घरमा पुगेर संकलन गर्न थालेपछि नरवस्ति र आसपासका युवा र स्थानीयले बिहिबार दिनभरीनै यसरी ‘फुड बैङ्क’ मा अन्न जम्मा गरेका थिए ।

युवाहरुल कोरोना भाइरसबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि सहयोग गर्न भनेर ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ बुधबारबाट अभियान संचालनमा ल्याएका छन । युवाहरुले बिहिबार नरवस्तिमा पुगेर अभियानलाई निरन्तरता दिएका हुन । स्थानीयले पनि सक्दो दान गरेर अभियानलाई सहयोग गरेका थिए ।

नरवस्तिमा दिउसोे १२ बजेबाट शुरु भएको अभियानअन्तरगत २२ बोरा चामल, ४ कार्टुन चाउचाउ, १० किलो पिठो, ४४ प्याकेट नुन, २२ प्याकेट मस्यौरा, ३१ किलो दाल, १८ लिटर खाने तेल, बेसार र चना जस्ता खाद्यान्न संकलन भएको अभियान्ता प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड– १९ को प्रकोप न्युनीकरण गर्न भन्दै बारा जिल्लामा थप गरिएको निषेधाज्ञाका कारण कोरोना संक्रमितसंगै विपन्न तथा असहाय परिवारहरु सदस्यहरु खाद्यान्न अभावका कारण समस्यामा परेका छन । लकडाउन र निषेधाज्ञाबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यसहित ‘फुड बैङ्क सिमरा’ अभियान संचालनमा ल्याएको हो ।
अभियानबाट संकलित खाद्यान्न कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारको परिचान गरी वितरण गरिने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले जानकारी दिनुभयो । उहाँले लाभान्वित समुहको नामावली तयार पारेर खाद्यान्न वितरण उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here