निजगढ,निजगढ नगरपालिकाले नेपालीहरुको महान चाड बिजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुसंग शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
नगरप्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङलगायत सम्बन्धित वडाका जनप्रतिनिधि सहितको टोली क वर्गको अपाङ्गता भएका व्यक्तिहरुको घरमा पुगेर शुभकामना आदनप्रदान गर्नुभएको हो । निजगढ नगरपालिकाभित्र रहेका ८० जना पूर्णअशक्तता भएका मध्ये ३३ जनासंग मंगलवार शुभकामना आदनप्रदान गरिएको र बाँकीसंग बुधवार भेटने कार्यक्रम रहेको बताइएको छ ।सोही अवसरमा उनीहरुलाई दशैंको अवसरमा हर्लिक्स, जुश र फलफुलसमेत वितरण गरिएको थियो ।