कलैया – विश्रामपुर गाउँपालिकाको अध्यक्ष अमिरीलाल राउत पाल जेलबाट रिहा भएका छन् । पुष ०६ गते सवारी ज्यान मुद्दामा बारा प्रहरीले नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिएका अध्यक्ष पाललाई सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतले २९ दिन कैद र ३ हजार रुपैया जरिवाना २०६४ साल मा पैmसला गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सोहि पैmसलाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले अध्यक्ष पाललाई फक्राउ गरी अदालतमा पेश गरी सोहि दिन विरगंज कारागारमा पठाईएको थियो । २९ दिन कैद मिनहा गरेपछि सोमबार विरगंज कारागारबाट रिहाईको क्रममा अध्यक्षका आफन्त जन र विश्रामपुर गाउँपालिकाका स्थानीयहरुको बिहानै देखी कारागारको अगाडि भिड देखिएको थियो । अध्यक्ष पाल कारागार मुक्त भएपछि सोमबारबाट आफनो अध्यक्ष पदको कार्यभार पुनः सम्हालेको मा उन्का समर्थकहरु खुशी भएका छन् ।

Leave a Reply