कलैया,बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फेटा गाउँपालिका– १ भलुहीका स्थानीय सुरजकुमार दास रहेका छन् ।जिल्लाको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।पक्राउ परेका दासमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा विवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडिबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।घटनापछि सुरज फरार रहदै आएका थिए । घाइते राजकरण दासलाई उपचारको लागि पठाएर प्रहरीले सुरजको खोजी गरिरहेको थियो ।

Leave a Reply