पुष्पराज खतिवडा
बारा
६ चैत्र २०७७
जीतपुरसिमरा उपमहानगरपालिका १५ को डुमरवानमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको रजत जयन्ती अर्थात २५ औं स्थापना दिवस यसैसाता भब्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
चैत्र ४ गते संस्थाको स्थापना भएको दिन भएकाले गत बुधबार संस्थाको खाद्य उद्योग मौलापुरमा आयोजित कार्यक्रमको नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले उद्घाटन गर्नु भएको हो ।
खाद्य उद्योग, विद्यालय, पशुपालन मार्फत मासु तथा दुध उत्पादनका लागि कृषि उत्पाद वृद्धिका क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गरेको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पाठकले बताउनु भएको छ । एकहजार साना किसान कृषि सहकारी संस्थाहरु पछिल्लो समय कृषि उत्पादन वृद्धि र सोको बजारीकरण तर्फ उन्मुख भैरहेको वहाँले बताउनु भयो । समग्र कृषि क्षेत्रको विकासमा स्थानिय तह, प्रदेश तथा केन्द्र सरकार र कृषि सहकारी संस्थाहरुको सहकार्य हुन सके अतुलनिय प्रतिफल हाँसिल गर्न सकिने वहाँको भनाई भनाई थियो ।
यस्तै कार्यक्रममा कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सहकारी अभियानमा साना किसानहरुकोे कार्यक्रम विस्वसनिय रहेको बताउनु भयो । यादवले सरकारले आयोजना गर्ने कतिपय कार्यक्रममा विश्वसनिय साझेदार रुपमा साना किसान सहकारीहरु प्रभावकारी देखिएको बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रलाल सहनी, संस्थाका पूर्व अध्यक्ष कृष्ण न्यौपान, संस्थापक अध्यक्ष पुष्पराज रिजाल, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, पत्रकार विदुर खड्का लगायतले बोल्नु भएको थियो ।

बारा, पर्सा र रौतहट जिल्ला कार्यक्षत्र रहेको संस्थाले करिब दश हजार सदस्यका विच आफ्ना सेवा विस्तार गरेको छ । कृषि क्षेत्रको विकास र प्रवद्धर्नमा समाजलाई अग्रसर गराउँदै आर्थीक कारोबार गर्दै आएको संस्थाले दुईअर्ब बाराबरको कारोबार गर्दै आएको संस्थाले जनाएको छ । स्थापना दिवस विशेष कार्यक्रमका विच संस्थाले कृषि ज्ञान केन्द्र बाराको अनुदान सहित करिब ३० लाखको लागतमा खाद्य भण्डार गृहको शिलान्यास समेत गरेको छ ।
संस्थाले रजत जयन्तीको अवसरमा संस्थामा आवद्ध रहेर विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने करिब एकदर्जनलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षता,मुख्य प्रबन्धक नारायण क्षेत्रीको स्वागत एवं संस्था संचालक संगीता पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तस्विरमा ः रजत जयन्ती विशेष कार्यक्रम तथा सोही अवसरमा आयोजित भण्डारण गृह सिलान्यास कार्यक्रम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here