मानव यो ब्रह्माणको सर्वश्रेष्ठ प्राणी हो । संसारको उत्कृष्ट मान्छे भएरपनि मानिसले नै आफ्नो अस्तित्व मेटाउदै गएको पाइएको छ । मानिस संसारको सर्वश्रेष्ठ प्राणी हुनुका नाताले प्रकृतिदेखि जनावरसम्म सबैको संरक्षण गर्ने दायित्व मानिसकै हो तर मानिसले आफ्नो अस्तित्व त सक्दैछ उसले अरुको समेत भविष्य चौपट बनाउदैछ ।

 

 

हरेक प्राणी र बनस्पतीहरुको संरक्षण गर्नुपर्ने मानिसले आफ्नोसंगै अरुको समेत अस्तित्व सक्दैछ । समय परिवर्तनसंगै मानिसको जीवनशैलीमा पनि परिवर्तन आइरहेको छ । तर,परिवर्तन अस्वभाविक छ । जीवनशैली स्वस्थ्य र सहज हुनुपर्नेमा अस्वभाविक र अमर्यादित बन्दै गइरहेको छ । यस तर्फ ध्यान जान आवश्यक देखिन्छ ।

 

 

त्यसो त अहिले मुलुकमा तीन तहको सरकार छ । स्थानीय,प्रदेश र संघीय सरकार रहेका छन् । यी तिनै तहका सरकारले आफ्नो अधिकार प्रभावकारी रुपमा प्रयोग गरेको पाइदैन । यी तीन तहका सरकारहरुले अब मानवको जीवनशैली ब्यवस्थापनका लागि नीति बनाउन आवश्यक छ । अनि मात्रै जीवनशैली सार्थक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here