नरेश गुप्ता
बरियारपुर,नेपाली कांग्रेस मधेस प्रदेशका उपाध्यक्ष चन्द्रशेखर यादवले महागढीमाई नगरपालिकामा शिक्षा क्षेत्रको विकासको लागि मधेस प्रदेशबाट १ करोड रुपैया अनुदान सहयोग गरेको बताउनुभएको छ ।
महागढीमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ र पदभार ग्रहण कार्यक्रममा शनिबार प्रमुख अतिथिको आसनबाट बोल्दै यादवले मधेस प्रदेशबाट प्राप्त हुने सहयोगबाट सामुदायिक विद्यालयको कम्पाउन्ड बाल निर्माणका लागि खर्च गरिने जानकारी दिनुभयो ।
महागढीमाई नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्रप्रसाद यादवले नगर उपाध्यक्ष तारा देबी कानुलगायत वडा अध्यक्ष तथा नगर सभा सद्स्यहरुलाई पद तथा गोपिनियताको शपथ गराएर पदभार ग्रहण गराउनुभएको थियो ।
नगर प्रमुख यादवले नगरभित्र एकघर एकरोजगार सृजना गरिने नगर प्रमुखको पहिलो निर्णय कार्यन्वयन गर्न सोहि अनुसार बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । महागढीमाईमा पिछडिएका दलित समुदायको उत्थानको लागि उनीहरुलाई आत्मनिर्भर बनाउन ठोस नीति ल्याउने उहाँको भनाइ थियो । उहाँले महागढीमाईलाई संवृद्ध नगरपालिकाको रुपमा विकास गर्न जरुरी रहेकोले सम्पुर्ण जनप्रतिनिधिलाई ईमान्दारिताका साथ काम आग्रह पनि गर्नुभयो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रममा जसपा नेपालको तर्फाबट नगर प्रमुखका प्रत्यासी रामबाबु यादवले निर्वाचित सबै जनप्रतिनिधिले महागढीमाईको विकास र संवृद्धिको लागि काम गर्नुपर्ने बताउनु भयो ।
नगर प्रमुख यादवले उपप्रमुख तारा देबी कानु, वडा अध्यक्षहरु मनोजकुमार गुप्ता, बिश्वनाथ महतो, उपेन्द्र जैसवाल, मनोज जैसवाल, गजेन्द्र जैसवाल, गेना राउत अहिर, सिबेन्द्र प्रताप सिंह, ओहाब अंसारी, दिलिप शुक्ला, अर्जुन बंठा, चन्दन साहलगायत वडा सद्स्यहरुले शपथ लिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका मोतिलाल कुशवाहा, एकीकृत समाजवादीका राजेन्द्र यादव, शिक्षक संघ बाराका अध्यक्ष प्ररमहंस यादव, कांग्रेस बाराका सचिव भैयाराम यादव, प्रमुख निर्वाचन अधिकृत ठाकुर तिवारीलगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफा तथा संचालन रामबिशवास चौरसियाले गर्नुभएको थियो ।