कुनै समय बारा र पर्सामा धान खेतमा समेत लहलह रुपमा गाँजा तथा अफीमको खेती भइरहेको देखिन्थ्यो तर अहिले एकदमै कम क्षेत्रमा मात्रै गाँजा खेती लगाउने गरिएको छ । त्यसो त बारा र पर्सामा आउने सरकारी अधिकारीहरुले समेत गाँजाको पैसा कमाएका छन् । यसको स्वतन्त्र पुष्टि त गर्न गाहे छ तर गाँजाका कारण यहाँका केही नागरिकहरुको पनि दैनिकी फेरिएकै हो । अहिले बारा र पर्सामा भने निकै कम मात्रामा गाँजा खेती हुने गरेको छ ।
तर, यहाँको नाकाबाट भने गाँजाको तस्करी भइरहेको कुरा संधैजसो समाचारमा आउने गर्दछ । प्रत्येक दिनजसो यहाँ नागरिकहरु कुनै न कुनै हिसावले गाँजा तस्करीको आरोपमा पक्राउ पर्ने गरेका छन् । हरेक दिन गाँजा तस्करीको आरोपमा पक्राउ पर्ने नागरिकहरु अहिले पनि जेलमा बस्न बाध्य छन् । गाँजा वास्तवमा नेपालमा कम खपत हुने पदार्थ हो ।
यसको उत्पादनमा बैधानिकता आउने बित्तिकै यो बिदेश निर्यात हुने बस्तुमा पर्दछ । यसको खपत युरोपियन देशहरुमा बढी हुन्छ । त्यसो त गाँजाको प्रयोग सबै गलत काममा पनि भएको हुदैन । कही कतै औषधीको रुपमा समेत प्रयोग भएको पाइन्छ । त्यसैले पनि अब गाँजाको खेतीलाई बैध गर्दा देशलाई फाइदा नै हुनेछ ।
















