वीरगन्ज,वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्नुभएको छ । महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्मित ४ कोठे पक्की भवनको एक कार्यक्रमका बीच उदघाटन गर्दै नगरप्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथामिकतामा रहेको बताउनुभयो । विद्यालय स्थापनाका लागि जग्गा दाताहरुको योगदान अतुलनीय रहेको बताउदै उहाँले शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यवस्थापन समितिहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो । विद्यालयको थप एक तल्ला यसै आर्थिक वर्षमा निर्माण गर्न सम्बन्धित प्राविधिकलाई निर्देशन समेत मेयर सरावगीले दिनुभएको छ । विद्यालय भवन उदघाटन समरोहमा वीरगन्ज महानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक अरविन्द गुप्ता, वडा नम्बर १८ का वडा अध्यक्ष महादेव कुर्मी, विद्यालयका शिक्षक, शिक्षिका लगायत स्थानीयको उपस्थिति रहेको थियो । यसैबीच नगर प्रमुख सरावगीले वडा नम्बर २४ आर्यघाट नजिक निर्माणाधिन स्व. आत्माराम दुखा सहनी स्मृति भवनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । नगरप्रमुख सरावगी सहितको टोलीले भवन निर्माणको स्थलगत अनुगमन गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here