अहिले विश्वब्यापी रुपमा चर्चामा रहेको र बहस तथा धेरैको नजर तान्न सफल भएको देश अफगानिस्तान हो । कुनै बेला सरकारमा रहेको तालिवान पछि आतंककारी घोषित भयो र अहिले उसलाई समाप्त पार्न विश्वका ठूला र धनी देशहरुले अबौं डलर खर्च गरे तर हात लाग्यो सुन्य भएको छ । अहिले अफगानिस्तानको सडकमा तालिवानको गस्ती छ । कुरा अब उसले लिने नीतिको छ । हेरौं के हुन्छ ।

यो उसको कुरा भयो अब नेपालमा पनि यस्तै प्रवृत्तिको कुरा आएको छ । पार्टी विभाजन आफैमा घातक हो । पार्टी विभाजनले कसैलाई फाइदा गर्दैन अझै नेपालका कम्युनिष्टहरु त पार्टी विभाजन गरेर आफू आत्मरतिमा रमाएको धेरैले अनुमान गरेका छन् । गल्ती कसको हो त्यसको समीक्षा पक्कै इतिहाँसको पानामा हुनेछ तर भएका उपलब्धी गुम्ने गरी विभाजन हुनु र गर्नु आफैमा घातक छ ।

फाइदा जसलाई पुगेपनि कालान्तरमा जाने ठाउँ साँघुरो छ । त्यसो त साँच्चै केपी ओलीलाई अलग्याउन सकिने हो भने वा उनलाई कम्युनिष्ट होइनन भन्ने उनका विरोधीहरुले पुष्टि गर्न सक्छन् भने मात्रै विभाजनको अर्थ होला नत्र खास छैन । वास्तविक कम्युनिष्टको सिद्धान्तमा नेपालका कम्युनिष्टहरु छैनन् । त्यसैले अफगानिस्तानको तालिवान त हालसम्म विभाजन छैन । तर उसको सोच नि पुरानो भनिएको छ त्यही पुरानो सोच र शैलीले अन्ततः कँही नुपुग्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here