२०७८ सालको एसईईको परिक्षाफल बुधबार परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी हुँदै एसइइमा परिणत भएको यो परीक्षा प्रर्णालीको बिषयमा अब गहन छलफल र बहस हुन आवश्यक छ । अब यो माध्यामिक परीक्षा हो ।अलिक वर्ष अगाडिको कुरा गर्ने हो भने यो टेष्ट परीक्षा नै हो । त्यसैले अब एसइइको औचित्य सकिएको छ ।

बरु कक्षा १२ को परीक्षालाई व्यवस्थित बनाउनु पर्दछ । अब त कक्षा १२ को परीक्षालाई नै सरकारले औपचारिक मान्यता दिने तयारी गरिरहेको अवस्थामा यो एसईईको विद्यार्थीहरुलाई थप बोझ दिइरहनुको अर्थ छैन । यसले बिद्यार्थीहरुलाई अनावश्यक तनाब र बोझ दिइरहेको छ । अर्को परीक्षा केन्द्रमा खर्च गरी बिद्यार्थीहरु गएर जाँच दिनुपर्ने बाध्यता छ ।

विद्यार्थी र अभिभावक दुबैको तनाब कम गराउनका लागि अर्को वर्षदेखि यो परीक्षा प्रणाली बन्द गरिदिए हुन्छ । हुनत यसमा पनि स्वार्थ होलान् तर विद्यार्थी र अभिभावकहरुका लागि भने यो परीक्षा आवश्यक छैन । बरु कक्षा १२ को परीक्षा भने अझै व्यवस्थित र व्यवहारिक बनाउन आवश्यक छ । बुधबार सार्वजनिक गरिएको एसइइको परीक्षाको फलले पनि यही संदेश दिएको छ ।

Leave a Reply