भारतको रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेल चलेको पनि सात दशकको हाराहारी समय भयो होला त्यत्तिबेला रे्ल चढ्नेहरुको जमात अझैपनि समाज छ त्यसो त रेलका लिगहरु पनि थिए तर बिस्तारै अब मेटिदैछन् । यो भनेको नेपालमा रेल सेवा कुनै जमानामा निर्वाध रुपमा संचालनमा रहेको थियो र त्यही आधारमा प्रधानमंत्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गरे ।
उनले गरेका केही कुराहरु हावा भनिएपनि वास्तवमा कयौं कुराहरु सत्य पनि छन् । रेल संचालनका लागि नेपालमा असंभव भन्ने कुरा पनि होइन तर शासक वा रजानीतिक दलको इच्छा शक्ति आवश्यक छ । नेपालमा त कुनै एकले राम्रो काम गर्न थाल्यो भने उसलाई असफल बनाउनका लागि हरेक कोणबाट प्रयास गरिन्छ । यहाँ केपी ओली सबै हिसावले वा रजानीतिक हिसावले सही भन्न खोजिएको होइन तर बिकासमा इच्छा शक्ति आवश्यक छ ।
अबको शासक भनेको हावा कुरा गर्ने होइन काम गर्ने खालको हुनु पर्दछ । कुरा गर्ने धेरैलाई नेपाली जनताले हेरे पनि चिनेपनि । त्यसैले बर्तमान राजनीतिक नेताहरुप्रति नागरिकहरुको बितृष्णपनि बढेको हो । नेपालमा पूर्व पश्चिम रेल कुदाउनका लागि खास समस्या छैन तर राजनीतिक नेतृत्व तथा राजनीतिक स्थिर हुन आवश्यक छ । रक्सौलबाट काठमाडौं रेल सेवा छिटो अझै ६० दशक पुगेकाहरु चढेर हिड्न पाउन् अनि पो गर्व हुनेछ शासक र राजनीतिक नेतृत्वप्रति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here