आर.के. चौधरी
सखुवाप्रर्सौनी,पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ मा बाघको आक्रमणबाट बिहीवार एक जना युवक घाइते भएका छन ।घाइते हुनेमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुर बस्ने अन्दाजी वर्ष ३२ का सरोज अधिकारी रहेका छन । घरबाट रंगपुर टाडीको बङ्गकुलमा रहेको कुटान पिसान मिलमा भनेर साइकलमा धान राखेर धान कुटाउन भनेर जाँदै गरेको अवस्थामा बाघले अधिकारीमाथि आक्रमण गरेको थियो ।

पर्सा राष्ट्रिय वन्यजन्तु आरक्षको मध्यवर्ति वन क्षेत्रबाट करिव १ किलो मिटर दक्षिणतर्फ बस्तिमा अधिकारीमाथि बाघले दिउँसो ३ः०० बजे बाघले आक्रमण गरेको स्थानीय समाजसेवी महेन्द्र चौधरीले कृपा दैनिकलाई जनकारी गराउनुभएको छ ।
घाइतेको अवस्था सामान्य रहेको र थप उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली निरीक्षक राजाराम केसरीले जानकारी दिनुभयो । सोही बाघको आक्रमणबाट बिहीवार स्थानीय एकजना किसानको बाख्रा पनि मरेको प्रहरीले बताएको छ ।

Leave a Reply