कलैया,मधेस प्रदेश सरकार अन्तर्गत मिडिया काउन्सिल नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्याय र आमसञ्चार प्राधिकरणका जीतेन्द्र खड्काले सोमवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।मधेस प्रदेश सरकारको आइतवार बसेको मन्त्रिपरिषद् बैठकले दुबै जनालाई नियुक्त गर्ने निर्णय गरेको थियो । सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दुबै जनालाई गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराउनुभएको हो । मन्त्री लेखीका अनुसार, सञ्चार क्षेत्रको सुधार, नियमन, अनुगमन र विकासमा दुवै निकायको महत्वपूर्ण भूमिका रहनेछ ।

सो क्रममा बोल्दै मुख्यमन्त्री सतीसकुमार सिंहले दुबै जनालाई विगतमा भएका कार्यहरुलाई निरन्तरता दिनुका साथै मधेस प्रदेशमा मिडिया सेक्टरमा गर्नुपर्ने कार्यहरु प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले मधेश प्रदेशमा पत्रकारितालाई पेसालाई मर्यादित बनाउने कार्य गर्न मुख्यमन्त्री सिंहले नवनियुक्त अध्यक्षहरुलाई निर्देशन पनि दिनुभयो ।
राज्य र पत्रकारबीच पुल सरह काम गर्दै पत्रकारिता र सञ्चार माध्यमहरुमा विद्यमान समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्न उहाँले सुझाव दिनुभएको थियो ।

Leave a Reply