कृष्ण मोहन साह

सेढवा,पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा आमा छोरीको मृत्यु भएको छ । जीराभवानी गाँउपालिका वडा नम्बर ४ भवानीपुरमा ना.४ त ८१३६ नम्बरको ट्याक्टरले बा ५५ प ६५२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंंदा मोटरसाइकलमा सवार आमा छोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भवानीपुरकै २७ वर्षिया विद्यादेवी थरुनी र उनकी छोरी ३ बर्षिया अनन्या कुमारी रहेका छन् । छोरी अनन्याको घटनास्थलमै मृत्यु भएको हो भने र आमा विद्यादेवीको वीरगन्जस्थित नेशन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मृतक विद्यादेवीका पति अनिल महतो सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बेलुकी धार्मिकस्थल भाटाबाट बोलबम कावँरियाहरुलाई लिएर फर्कदै गरेको ट्याक्टरले भवानीपुरको सडकमा तीनजना सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरका चालक पर्साकै जगरनाथपुर गाँउपालिका २ निवासी ५० बर्षिय सुरेन्द्रराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here