निजगढ,पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा पर्ने धन्सार पुल नजिक मंगलवार बिहान स्कारपियो गाडी दुर्घटना हुँदा गढीमाईबाट फर्किएका ८ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ को धन्सार पुल पूर्वको जंगलमा बाराको गढीमाई मेलाबाट फर्किएर चन्द्रपुरतर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।

बाराको गढीमाई मेलामा सहभागी भएर सिराहातर्फ फर्कदै गरेका दर्शनार्थी चढेको स्कर्पियो जिप राति करिब १ बजे अनियन्त्रित भइ रुखमा ठोक्किँएर सडकबाट तल खसेको थियो ।दुर्घटनामा मृत्यु हुनेमा सिरहाको अर्नमा गाउँपालिका– ३ बंठियाटोलका ६० वर्षीय लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महगींदेवी महरा, ६२ वर्षीय फुलमन्तिदेवी चमार, ६० वर्षीय रामकुमारीदेवी महरा, ३० वर्षीय सकुन्तलादेवी महरा र सोही गाउँपालिका– ५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् । दुर्घटनामा अर्नमा–३ की ३० वर्षीय राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीय देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा– ३ कै ६० वर्षीय कन्यादेवी महरा घाइते भएका छन् ।घाइतेहरूको हाइवे ट्रमा सेन्टर अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply