पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकाको डकाहमा बारा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा मित्र युवा क्लब डकाहको आयोजनामा जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको हो ।
उपमहानगरपालिका वडा नम्बर १६ स्थित डकाह खेलमैदानमा सुरु भएको प्रतियागिताको वडा अध्यक्ष हरिदेव खरेलले उद्धाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अथिति वडा अध्यक्ष खरेलले एम्पायरलाई बल हस्तान्तरण गरेपछि खेलको सुरु भएको थियो ।
आयोजक र पिलुवा युवा क्लबबीच भएको उद्धाटन खेलमामित्र युवा क्लबले जितेको छ । पिलुवा युवा क्लबलाई २–० गोलको अन्तरले आयोजक टिमले जित हात पारेको हो । आयोजकको जितको लागि मिलन लामाले खेलको ३४ मिनटमा पहिलो गोल गरे । यस्तै अमित बछारले खेलको ६९ मिनटमा दोस्रो गोल गरेका थिए ।
गोलका लागि पिलुवाल पटकपटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोेर्नु परेको हो । मंगलवारको प्रतियोगितामाअमित बछारले म्यान अफ दि म्याचको पुरस्कार प्राप्त गरेका छन् । उनलाई वडा अध्यक्ष खरेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रतियोगितामा आयोजकसँगै निजगढको बागदेव, बडहर्वा, रघुनाथपुर, पिलुवा, महेन्द्रनगर, डमुरवाना, मटेरिया लगायतका १० टोलीको सहभागिता रहेको छ । विजयी टोलीले २० हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेता टोलीले १० हजार रुपैंया नगर र ट्रफी प्राप्त गर्नेछन ।
प्रतियोगिताअसोज १५ गतेसम्म चल्ने अध्यक्ष गुणराज मगरले जानकारी दिनुभयो । बुधबारको खेल बागदेव युवा क्लब निजगढ र रघुनाथपुर युवा क्लब रामनगरका बीच हुने आयोजकले जनाएको छ ।



















