काठमाडौं — पछिल्लो समय धेरै मानिसमा कपाल झर्ने समस्या बढ्दै गएको छ। जीवनशैली, पोषणको कमी, तनाव तथा प्रदूषणका कारण कपाल कमजोर भई झर्ने समस्या देखिन्छ। यस्तो अवस्थामा केही सरल घरेलु उपाय अपनाउँदा कपाललाई बलियो बनाउन र झर्ने समस्या कम गर्न सकिन्छ।

विज्ञहरूका अनुसार प्राकृतिक सामग्री प्रयोग गरेर कपालको हेरचाह गर्नु सुरक्षित र प्रभावकारी मानिन्छ। नियमित प्रयोगले कपालको जरालाई मजबुत बनाउने र कपाल झर्ने क्रम घटाउने विश्वास गरिन्छ।

नुहाएपछि घ्युकुमारी टाउकोमा लगाएर करिब १५ मिनेटपछि धुने गर्दा कपाललाई आवश्यक पोषण मिल्छ। हप्तामा तीनपटक यस्तो गर्दा राम्रो परिणाम देखिन सक्छ।

त्यस्तै, नीम को पात पानीमा उमालेर चिसो भएपछि सो पानीले कपाल धुँदा कपाल बलियो हुने विश्वास छ। यस क्रममा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्ने हुन्छ।

राति भिजाएको मेथी बिहान पिसेर कपालको जरासम्म लगाएर ४० मिनेटपछि धुने गर्दा कपाल झर्ने समस्या कम गर्न सहयोग पुग्छ।

प्याज को रस कपालको फेददेखि टुप्पोसम्म लगाएर केही समयपछि धुने गर्दा कपालको वृद्धि र मजबुतीमा मद्दत मिल्ने बताइन्छ।

ग्रीन टी को झोल चिसो बनाएर कपाल धुने वा मसाज गर्दा पनि कपाल बलियो हुने जनाइएको छ।

त्यस्तै, अण्डा को सेतो भाग कपालमा लगाएर २० मिनेटपछि धुँदा प्रोटिन र भिटामिनका कारण कपाल मुलायम र स्वस्थ हुन्छ।

खानपानमा पनि विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ। प्रोटिन, आइरन, जिंक, सल्फर तथा भिटामिन–सी र भिटामिन–बीयुक्त आहारले कपाललाई भित्रैबाट बलियो बनाउँछ।

यसका साथै मेहदी लगाउने तथा नियमित रूपमा अमला, बदाम, जैतुन, नरिवल वा तोरीको तेलले कपाल मसाज गर्ने बानीले पनि कपाल झर्ने समस्या कम गर्न सहयोग पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार, यस्ता उपाय नियमित रूपमा अपनाएमा कपालको स्वास्थ्य सुधार भई झर्ने समस्या घटाउन सकिन्छ।

Leave a Reply