आइतबार राति प्रतिनिधि सभाको रोष्टममा बोल्दै गर्दा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यही अमेरिकी सहयोग परियोजनाका कारण अमेरिकी सेना नेपालमा आए आफू जस्तो सुकै कारबाही भोग्न तयार रहेको घोषणा गरेका छन् । उनले २०४६ सालपछि प्रायः सबै मन्त्री भएकाले कोही न कोही दोषी भएको पनि बताएका छन् । उनको यो कुरा ठीकै पनि होला नेपालमा एमसिसीको चर्को बिरोध भएपनि पास भयो ।

अब पास भएपछि रुवाबासी गर्नुको अर्थ पनि छैन । दलहरुले जेजे नाम दिएर भएपनि एमसिसीलाई पास गरिसके । यो विकासकै कुरा भए नेपाली जनताले धेरै टाउको दुखाउनु पर्ने वा टाउको फुटाउनु पर्ने कारण पनि छैन । एमसिसी पारित भएकोले अब विकास कसरी हुन्छ भन्ने कुरा चाही धेरै महत्वपूर्ण छ । विकासका लागि भएको कुरा विनासमा केन्द्रित नहोस् नेपाली जनताको चाहना यही हो ।

नेताको त कुरा छोडौं, कोही भारत रिसाउला भनेर बोल्दैनन्, कोही चीनले चित्त दुखायो भनेर नेपाल बन्द गर्छन् । नेपाल बन्द आफैमा एउटा अपराध हो । बन्दले जनताले सास्ती पाउने हो नेताले होइन ।

१६ औं साताब्दीको सोचले अब कसैले बन्द गर्दैमा बन्द पनि हुदैन । त्यसैले गगन थापाले भनेको जसरी नै एमसिसी विकासका लागि होस् विनासका लागि नहोस् जनताले चाहेको यत्ति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here