मंगलवार बिहानै काठमाडौंको त्रिविवि रंगशालामा पानी परे पनि यूएईलाई पराजित गरेर एसीसी प्रिमियर कप क्रिकेट जित्दै नेपालले क्रिकेट प्रेमीहरुको मुहार मात्रै होइन देशको इज्जत राखेको छ ।अब नेपालले एसिया कप खेल्ने छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । एसिया कपमा छनोट भएको भने यो दोस्रो पटक हो । २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो । एसीसी ट्रफीको फाइनलमा पुगेका दुई टोली यूएई र नेपाल एसिया कपका लागि छनोट भएका थिए ।नेपालले मलेसिया र यूएईले हङकङलाई सेमिफाइनलमा पराजित गरेको थियो । मलेसियालाई निकै रोमाञ्चपूर्ण सेमिफाइनलमा पराजित गरेपछि नेपाली खेलाडी पेभिलियनमा आएर प्रशिक्षक रोय लुक डायसको अंगालोमा हाल्दै रोएका थिए ।२००५ मा पाकिस्तानमा भएको एसियाली क्रिकेट परिषद् (एसीसी) को बैठकले २००२ को एसीसी ट्रफीबाट छनोट भएर आएको एक संस्करण हटाउँदै २००६ मा एसिया कप आयोजना गर्ने निर्णय गरेपछि नेपाल झन्डै दुई दशकअगाडि नै भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रय खेल्न बञ्चित भएको थियो ।प्रधानमन्त्री प्रचण्डले मंगलवार खेलाडीहरुसंग फोटो खिचाएर खेलाडीहरुको मन उत्साहित बनाएका छन् । नेपालमा खेलाडीहरुले गरेको प्रदर्शनको मूल्यांकन वैज्ञानिक हिसावले हुन आवश्यक छ । खेलाडीहरुको जीविका चलाउने गरी सरकारले सोच्न पर्दछ अनि मात्रै खेलाडीले राखेको इज्जतमा सरकारले गर्व गर्न मिल्नेछ ।

Leave a Reply