वीरगञ्ज, २२ भदौ । परवानीपुर गा.पा. अध्यक्ष श्री राम क्षत्री प्रसाद कुर्मीले वर्डा नं.–४ चैनपुर बारा स्थित श्री ने.रा.प्रारु बी.को कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई एक समारोहका बीच साइकल वितरण गर्नु भएको छ .

उहांले १८ जना छात्राहरुलाई साइकल वितरण गर्नु भएको हो! बिद्यालयका प्रअ मदन प्रसाद कुर्मीको सभापतित्वमा भएको समारोहमा परवानीपुर गा.पा. का उपाध्यक्ष श्री सुगान्धी देवी साह कानु,प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोर्ड सदस्य महन्थ राम, वर्डा नं. वडा सदस्यहरु जगदीश साह कानु, राजदेव पटेल , नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एवं युवा नेता उमेश गुप्ता , गा.पा.का शिक्षा स्रोत व्यक्ति रविन्द्र मिश्र, पूर्व वर्षा अध्यक्ष गजेन्द्र प्रसाद पटेल, तथा गा .पा. कर्मचारीरु अनि बिद्यालयका शिक्षक शिक्षिकाहरु श्रीमती बिमला खनाल, जाहिर हुसैन, देबीलाल प्रसाद चौरसिया, कोशिका कुमारी राउत, सुनिता पटेल , बिशाल कुमार र पत्रकार शम्भु प्रसाद महतो को उपस्थिति रहेको थियो! सहजीकरण शिक्षक रोशन यादवले गर्नु भएको थियो.आ.ब.२०७८÷ ०७९ को बजेट निती र कार्यक्रमबाट साइकल वितरण गरिएको जनाएको छ

Leave a Reply