जीतपुर,मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै महिलाहरू जितिया पर्वको पनि तयारीमा लागेका छन् ।

मधेस प्रदेशको प्राचिन मिथिला क्षेत्रमा पितृपक्ष सुरु हुनासाथ उनीहरुले जितियाको तयारी थालेका हुन् । यो पर्व मिथिलामा पौराणिक र पारम्परिक महत्वको मानिन्छ । यस पालीको पितृपक्ष सोमवार नैं प्रारम्भ भइसकेको छ । महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष सुरु भएपछि बर्तालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौत्तिक तयारीमा जुट्ने पुरानों मैथिल परम्परा हो ।

अष्टमी सुरु हुनु एक घडी (करिब साँढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथिमा एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नंै सुरु हुने गरेको हो । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरिउञ्जेल मुखको थुकसमेत निल्न नहुने विश्वास छ । त्यसैगरी अञ्जानमैं पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here