निजगढ,निजगढ साहित्य सभाको आयोजनामा निजगढमा दशैैं पर्वको अवसरमा शनिवार शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ ।

निजगढ नगरपालिकाका नगरप्रमु्ख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखराका गजलकार एंव कवि शिव त्रिपाठी, चितवनका द्रुतकवि छन्दमणी त्रिपाठी, व्याङ्गकार भरत आचार्य र निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ साहित्य परिषदका अध्यक्ष रामप्रसाद पराजुली, गजलकार सरु बस्नेत, सौरभ चौलागाई, पवित्रा बजगाई, खडकप्रसाद उप्रेती, माधव खतिवडा, जीतलाल श्रेष्ठलगायतले आफ्ना रचना बाचन गरेका थिए ।

कार्यक्रममा सार्वजनिक मावि निजगढ ५ बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामा, नेपाली कांग्रेस निजगढ नगर समितिका सभापती नवराज तिमल्सिना, राप्रपा नगर अध्यक्ष खडक उप्रेती लगायतले दशैं, तिहार र छठ वर्पको अवसरमा शुभकामना दिनुभएको थियो ।

निजगढ ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कार्यक्रम भएको हो ।

Leave a Reply