मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– २१, अमलेखगञ्जस्थित कार्की पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको विषयमा पालिकाका मेयर राजन पौडेल र उपमेयर भोलाप्रसाद अधिकारी विवादमा तानिएका छन ।पालिकको क्षेत्राधिकारभित्र पर्ने अस्पताल जस्तो शंवेदनशील संस्था नियमविपरीत सञ्चालन भइरहेको पाइएपछि उपमहानगरपालिकाका मेयर पौडेल र उपप्रमुख अधिकारीमाथि स्थानीयले प्रश्न गर्न थालेका छन ।
स्थानीय रमेश गोलेका अनुसार उक्त पोलिक्लिनिकमा नियमविपरित खुलेआम बिरामी जाँच हुने गरेको छ । “नियमविपरीत चलिरहेको छ, उहाँले भन्नुभयो तर कसैले रोक्दैन ।” उहाँले अनुगमन निकायको भूमिकामाथि शंका व्यक्त गर्दै सम्बन्धित निकायको मिलेमतोबिना यस्तो गैह्कानुनी गतिविधि सम्भव नहुने दाबी गर्नुभयो ।
यता, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि भास्करले भने क्लिनिकको नवीकरण रोकिएको बताउनुभएको छ । “हामीले नवीकरण रोकेका छौं, बेड राखेर बिरामी जाँच गर्न मिल्दैन,” उहाँले भन्नुभयो ।तर पोलिक्लिनिकमा देखिएको अवस्था भने फरक छ । क्लिनिकमा बेड राखेर बिरामी जाँच भइरहेको देखिएपछि नगरपालिकाको अनुमति प्रक्रिया र कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ ।
उता, क्लिनिक सञ्चालक उदय कार्कीले भने नगरपालिकाबाट अनुमति लिएर सञ्चालन गरिएको दाबी गर्नुभएको छ ।एकातिर नवीकरण रोकिएको सरकारी दाबी र अर्कोतिर खुलेआम सञ्चालन भइरहेको अवस्थाबीचको विरोधाभासले नियामक निकायको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ ।
















