पुष्पराज खतिवडा

मनहर्वा,जिल्लाको उत्तरी क्षेत्रका १३ वटा निजी विद्यालयहरुको सहभागितामा भएको २ दिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीमा रहेको मिशन एकेडेमी बोर्डिङ्ग स्कुलमा भएको कार्यशालमा १३ विद्यालयका कक्षा ८ देखि १० कक्षामा अध्ययनरत १ सय ४१ जना छात्रछात्रा सहभागी भएका थिए ।क्वेस्ट नेपाल अन्तर्गत सिमरा तथा यूनाईटेड हबमा १३ वटा विद्यालयको मात्रै सहभागिता छ । हबले आयोजना गरेको विद्यार्थी गुणीय चक्र क्त्तर्ऋअयििबदयचबतष्यल बलम अयलतष्लगब िष्mउचयखझभलतै कार्यक्रम हो यो । यस कार्यक्रमको मुख्य उदेश्य विद्यार्थीको क्वालिटी सर्कल तयार गरी उनीहरुलाई सर्वगुण सम्पन्न बनाउनु रहेको क्वेस्ट नेपाल सिमरा हबका संयोजक किशोर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसारकार्यक्रमले विद्यार्थीहरुले आफु, आफ्नो विद्यालय,समाज, शिक्षक विद्यार्थी साथीहरुमा भएका कमजोरी, समस्या र सवल पक्षको पहिचान गरी सुधार तथा अनुशरणमा मद्दत गर्ने छ ।‘दुईदिनसम्मचलेको कार्यक्रममा हबलागु भएका विद्यालयका १३ जनाको विद्यार्थी समुहले केही महिना अघिबाट आफुले भोगेकाविभिन्न विषयमा तयार पारिएका समस्यामा समाधानका उपाय केलाएका छन, संयोजक श्रेष्ठले भन्नुभयो, समस्याको विषयमा छलफलगरी समाधान गर्ने उपायहरुको पत्ता लगाउन विधार्थीहरुलाई सहजीकरण गर्ने काम भएको छ ।’ विद्यार्थीहरुले तयार गरेको कार्यपत्रहरु प्रस्तुत गर्नेदेखि नृत्य चित्रकला लगायत प्रदर्शन गरेर कार्यक्रम समापन गरिएको श्रेष्ठले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेलले शुक्रबार कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रमलाई सम्बोधन गदै मेयर पौडेलले विद्यार्थीहरु प्रश्न गर्न मात्रै नभएर कार्यक्रमले उत्तरदायी बनाउने भएकाले सबै विद्यालयले यस्था कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो ।उहाँले प्रश्न विद्रोहको अंश भएको भन्दै प्रश्नले समस्या देखाउने र समाधान अनि परिवर्तनकालागि खबरदारी गर्ने काम गर्नेहुँदा प्रश्न गर्ने क्षमताको विकास गर्नु आफैंमा सफलता भएको उहाँको भनाइ थियो ।कार्यक्रममा उपमहानगरपालिकावडा नम्बर. १८का अध्यक्ष चचुरबाबु वाग्ले,शिक्षाविद् सुमनकुमार भट्टराई, शालिकराम अधिकारी, राजु कार्की, क्वेस्ट नेपालका प्रतिनिधिहरु लगायत दजनौं विद्यालयका शिक्षक, विद्यार्थीहरु एवं अभिभावकहरुकोसहभागिता थियो ।मिशन एकेडेमीका प्रबन्ध संचालक गोरेलामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।



















