वीरगन्ज,पर्सा जिल्लामा एक महिलाले एकैपटक ३ जना शिशुलाई जन्म दिनुभएको छ । जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ की ललिता देबी थरुनीले वीरगन्जस्थित प्रभु हस्पिटल एकैपटक ३ छोरा जन्माउनु भएको हो ।

बिहे भएको १० वर्षपछि चौधरी दम्पतीले एकै पटकमा तीन जना छोरालाई जन्म दिएका हुन् । सन्तान प्राप्तिका लागि एक दशकदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भधारण गराइएको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा जन्मिन सफल भएको हो । सुत्केरीको बेथा लागेपछि थरुनीलाई विभिन्न अस्पतालमा लैजादा अन्यत्र लैजान सल्लाह दिएपनि प्रभु हस्पिटलका डाक्टरले जोखिम मोलेर शल्यक्रिया गरेका हुन् । हाल आमा र सबै शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply