आरके चौधरी
सखुवाप्रसौनी,जिल्ला प्रहरी कार्यालय पर्साले अटोमा राखेर लैजादै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ निवासी रामतुल्लहा मिया, चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिस पुजालाई प्रहरीले पक्राउ गरेको हो । मिया अटो चालक हुन् ।बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोबाट प्रहरीले बिहीबार बिहान ५ बजे २६ किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply