छिमेकी देश चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण विश्वभर फैलियो । संक्रमण दर घटे पनि त्रास घटेको छैन । विश्वभर भाइरस शून्यमा पु¥याउन सबै देशलाई सकस छ । यसै समय निपाहमा भाइरसको अर्को त्रास थपिएको छ । भारतको दक्षिणी राज्य केरलामा एक नर्ससहित १० जनाको ज्यान लिएको निपाह नेपालभन्दा टाढा छैन । फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले भाइरस सार्ने हुँदा नेपाल जोखिमपूर्ण सूचीमा पर्छ । फलफूल खान चमेरो नेपाल पनि आउने भएकाले संक्रमण फैलने सम्भावना उच्च छ ।

निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा धेरै छ । जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ । यसले महामारीको रूप लिए नियन्त्रण चुनौतीपूर्ण छ । निपाह भाइरस सार्न सक्ने चमेरो नेपालमा पनि भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकालगायत अन्य स्थानमा संक्रमण गराउन सक्ने चमेरो रहेको पुष्टि गरेको छ । यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि तीव्ररूपमा सर्न सक्ने भएकाले महामारीको रूप नलेला भन्न सकिँदैन ।

निपाह भाइरस जुनोटिक भाइरस हो । जुन जनावरबाट मानिसमा छिटो सर्छ । भाइरस संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट पनि सर्छ । जनावर र मानिस घुलमिल हुने भएकाले यस्ता भाइरस मानव जीवनका लागि सबैभन्दा जोखिमपूर्ण छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलेसियाको एक गाउँबाट राखिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here