सिमरा,लैङ्गिक हिंसाको १६ दिने अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको अयोजनामा पथलैयामा शनिवार महिला अधिकार र कानुनी प्रावधानसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीको अध्यक्षता एवं नगरप्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा महिला अधिकार सम्बन्धि कानुनी प्रावधान विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले अहिलेको समयमा महिला मात्र नभएर पुरुष पनि हिंसामा परेको बताउदै लैङ्गिक हिंसा विरुद्ध सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यसैगरी नगर उपप्रमुख अधिकारीले नागरिकले अधिकारलाई मात्र नभएर आफ्नो कर्तव्यलाई पनि ध्यान दिनु पर्ने बताउँदै आफूले जहिले पनि पीडितको पक्षमा पैरवी गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here