निजगढ,अखिल नेपाल महिला संघको दोस्रो नगर अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले शोभा राउतको अध्यक्षतामा ५७ सदस्यीय निजगढ नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सकुन्तला ठाकुर, सचिवमा जगतकुमार अधिकारी, कोषाध्यक्षमा नारायणी सापकोटा, सहसचिवमा लक्ष्मी पौडेललगायत रहनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहले शंवोधन गर्नुभएको थियो । अधिवेशनको उद्धाटन सत्रमा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्वउपप्रमुख लिलादेवी लामिछाने, अनेमसंघ केन्द्रीय सदस्य अन्जु नेपाली, बारा जिल्ला अध्यक्ष ज्ञानु केसी, अनेमसंघ केस कमला घिमिरे, एमाले मधेस प्रदेश कमिटी सदस्य दुर्गा कोइरालालगायतले पनि शंवोधन गर्नुभएको थियो । लक्ष्मी गौतमको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन शोभा राउतले गर्नुभएको थियो ।

Leave a Reply