निजगढ,आगामी फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाराले क्षेत्रीय समितिले गरेको निर्णय विपरित उम्मेदवार नाम सिफारिस गरेपछि बारा कांग्रेसमा किचलो बढेको छ ।
बारा कांग्रेसको २ समूहबीच उत्पन्न क्रियाशील सदस्य वितरण सम्बन्धि विवाद समाधान नहुँदै कांग्रेसमा फेरि सिफारिस भएका उम्मेदवारहरुको नामलाई लिएर विवाद बढेको हो ।जिल्ला समितिको गत मंसिर २७ गते शनिबार सम्पन्न बैठकले यसअघि बारा क्षेत्र नम्बर १ समितिबाट प्रतक्ष्यतर्फ प्रतिनिधि सभा सदस्यको लागि सिफारिसमा परेका नेता शम्भुबहादुर बुढाथोकी र सीता मैनालीको नाम हटाएर कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीको एकल नाम सिफारिस गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको हो ।

जिल्ला कार्यसमितिलाई क्षेत्रीय समितिको सिफारिसमा परेका नाम काट्ने र हटाउने अधिकारी नभएको कांग्रेस मधेस प्रदेश उपसभापती चन्द्रशेखर यादवले बताउनुभयो । ‘जिल्ला समितिले पार्टीको विधान र उम्मेदवारहरुको नाम सिफारिसको लागि तयार पारको निर्देशिका विपरित नाम पठाएको छ, उपसभापती यादवले भन्नुभयो, जिल्लाले क्षेत्रीय समितिको नाममा राय लेखेर पठाउन सक्छन, हटाउने अधिकार छैन ।’उपसभापती यादवले प्रदेश समितिले क्षेत्रीय समितिले पठाएको सिफारिसलाई नै आधार बनाएर केन्द्रीय समितिमा नाम सिफारिस गरेको पनि जानकारी दिनुभयो ।
जिल्ला समितिले जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट प्रतक्ष्यतर्फ प्रतिनिधि सभा सदस्य, समानुपातिक क्लस्टर र राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

काँग्रेस जिल्ला समितिले बारा क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ रामनरेश कान्त, अमिर लामा मुक्तान, जुना देवी फौजदार, मुर्लिधर चौधरी, टेकबहादुर लामा, मुन्ना पटेल, पूर्णबहादुर विश्वकर्मा, सुगान्धी देवी मण्डल धानुक र सीताकुमारी पासवानको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभा सदस्यका लागि रामाधारप्रसाद यादवको नाम सिफारिस गरेको छ ।यस्तै क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य राधेचन्द्र यादवको पनि एकल नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट समानुपातिकतर्फ गोपालप्रसाद जयसवाल, खेमनारायण सुवेदी, नारायण सिंह, अमुल्लाह अन्सारी, मेनुका राईगाई, नरेशप्रसाद यादव, अनुठा बरै, ईन्दु देवी कुर्मीन, रामजतन यादव, जगरनाथप्रसाद यादव, भगवान राउत कुर्मी, गोपाल साह, रविन्द्र यादव, विरेन्द्र यादव, सुमिन्त्रा छुटकलीको नाम सिफारिसमा परेको छ ।क्षेत्र नम्बर २ मा राष्ट्रियसभा सदस्यका लागि राजेन्द्रप्रसाद यादव, अरुण ज्ञवाली, अरुणकुमार सिंह, दिपप्रकाश गुप्ता र जाहिर अन्सारीको नाम जिल्ला समितिको सिफारिसमा छ ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मंसुर, बारा जिल्ला कार्यसमितिका उपसभापति मनोज भट्ट, जंगबहादुर चौरसिया, भोजराज भट्टराई, रविकरण साह, प्रकाश रिमाल, अम्बिका ठाकुर, प्रवेज अन्सारी र बजरगी साह सिफारिसमा परेका छन भने समानुपातिकतर्फ राजेन्द्र जयसवाल, महमद अतिउर रहमान, कलावती पासवान, जयचन्द्र चौरसिया, दिव्यनाथ श्रेष्ठ, साम्बाकुमारी जयसवाल, सुमिन्त्रा देबी चौधरी, अफतर मंसुर, देवेन्द्र उपाध्याय, तबसुम आरा अन्सारी, उषा देबी रामको नाम सिफारिस भएको छ ।
सो क्षेत्रबाट राष्ट्रिय सभा सदस्यका लागि राजेन्द्रप्रसाद यादव, शेषराज पाण्डे, बदन देबी र सलमा खातुनको नाम सिफारिस छ ।

क्षेत्र नम्बर ४ मा भने जिल्ला समितिले नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ श्यामबाबु गुप्ता, बृजलाल यादव, कृष्णबृत सिंह, कपिलदेवप्रसाद यादव, हरिशंकरप्रसाद साह, शोभाकर पराजुली, राजकिशोर गुप्ता, दिपेन्द्र पटेल र नवराज त्रिपाठीको नाम सिफारिस गरेको छ ।सो क्षेत्रबाट समानुपातिकका लागि हरिप्रसाद थपलिया, ईन्द्रासनप्रसाद मण्डल, नारायणी रायमाझी, शोभा लामा, रामेश्वर सहनी, माधवप्रसाद उपाध्याय, फौज अंसारी, राजा साह र महन्थ राम भगतको नाम सिफारिस गरिएको छ ।क्षेत्र नम्बर ४ बाट राष्ट्रिय सभा सदस्यतर्फ राजेन्द्रप्रसाद यादव, प्रेम साह कानु, योगेन्द्रप्रसाद यादव, अब्दुल मोतालिन अन्सारी र इश्वरी ठाकुर लोहारिनको नाम सिफारिस गरिएको पार्टीका कार्यालय सचिव अम्बिकाप्रसाद यादवले जानकारी दिनुभएको छ ।उपसभापति यादवले अन्य क्षेत्रमा पनि क्षेत्रीय समिति र जिल्ला पुनरावेदन समितिले गरेको सिफारिस विपरित जिल्ला समितिले अधिकार क्षेत्र मिचेर उम्मेदवारहरुको नाम सिफारिस गरेको बताउनुभयो ।

Leave a Reply