बारा,कलैया उपमहानगरपालिका वडा नम्बर १४ भावरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माणको लागि २५ लाखको चेक हस्तान्तरण गरिएको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद एवं जसपा नेपाल मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले गत वर्षको संसदीय बिकास कोषबाट सो रकमको चेक प्रदान गर्नुभएको हो । विद्यालयमा अधुरो रहेको भवन निर्माणका लागि प्रदेश सरकारको सहयोगमा संघीय सांसद रामबाबु यादवले शनिवार एक कार्यक्रमबीच थप २५ लाखको चेक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभएको हो ।

 

विगतमा विद्यालय भवन निर्माणको लागि प्रतिवद्धता जनाएअनुसार सांसद यादवले अफ्नो संसदीय कोष र प्रदेश सरकारमार्फत कुल ७५ लाख प्रदान गर्नुभएको छ । विद्यालयको भौतिक विकाससँगै समग्र शैक्षिक सुधारको लागि आफू लागिपरेको उहाँको भनाई थियो ।

Leave a Reply