निजगढ,निजगढस्थित पूर्वपश्चिम राजमार्गको सडक किनारामा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको एउटा कार प्रहरीले कार धनीको जिम्मा लगाएको छ ।कारका धनी भारतीय नागरिक श्यामसुन्दर रायले कागजपत्र लिएर इलाका प्रहरी कार्यालयको सम्पर्कमा आएपछि प्रहरीले सोमवार कार जिम्मा लगाएको हो । रायले कार बिग्रिएपछि सडकको छेउ लगाएर कार छोडेर गएको बताएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय निजगढको टोलीले गत शनिवार निजगढ ७ को शहीद चोकको कुमारी बैङ्ग रहेको घर अगाडिबाट रेनोल्ट कम्पनीको बिआर ०६ बिआर– ३४५४ नम्बरको भारतीय कार बेवारिसे अवस्थामा बरामद गरेको हो ।भारतीय नम्बर प्लेटको एउटा कार २ सातादेखि बेवारिस अवस्थमा रहेको भनेर स्थानीयले दिएको सूचनाको आधारमा गएको प्रहरी टोली कार नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढमा राखेको थियो । कार धनी राय प्रमाणसहित आवश्यक कागजपत्र लिएर सम्पर्कमा आएपछि जिम्मा लगाइएको प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

Leave a Reply