कोल्हवी,बाराको कोल्हवीनगरपालिका ६ प्रसौनामा शनिवार राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।

युवा संघ कोल्हवीका पूर्वनगर अध्यक्ष नन्देशवर चौधरीको अध्यक्षतामाभएको सो अधिवेशनले सरोज चौधरीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा हरिओम मैनाली, सचिवमा बिरेन्द्र चौधरी, सहसचिवमा सरोज साह र सुमित्रा बस्नेत, कोषाध्यक्षमा मनिषा मैनाली र सदस्यहरुमा रामकिशोर चौधरी, बुधन चौधरी र श्यामसुन्दर चौधरी रहेकाछन ।

त्यस्तै नगर युथ फोर्सको संयोजकमा हरिनारायण चौधरी र सहसंयोजकमा राजु चौधरीलाई चयन गरिएको छ भने कार्यक्रममा दिपेन्द्र सुवेदीले सहजीकरण गर्नुभएको थियोे ।

यसअघि नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीले अधिवेशनको उद्धाटन गर्नुभएको थियोे । कार्यक्रममा मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रदेश कमिटी सदस्य केवल चौधरी, ढुण्डिराज उप्रेती,राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज तिलक घलान, युवा संघ नेपालका जिल्ला संयोजक राम यादव, जिल्ला कमिटी सचिवालय सदस्य एवम् कोल्हवी नगरपालिकाका पूवनगर प्रमुख भरतबहादुर भण्डारी,जिल्ला कमिटी सदस्य राम लोचन चौधरी,एमाले कोल्हवीका नगर अध्यक्ष पुरनदेव चौधरी,वडा नम्बर३ का अध्यक्ष पदका प्रत्यासी उमेदवार हरिनारायण चौधरी, बिरेन्द्र पनुहरलगायत एमालेका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

अधिवेशनलाई संबोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मैनालीले युवाहरू हाम्रो देशका कर्णधार भएकोले देशको विकासमा युवाहरुको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो । आफ्ना बालबालिकालाई आजबाट नै सहि बाटोमा लगाउन अभिभावकहरुसंग आग्रह पनि गर्नुभयो ।

Leave a Reply