जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले डोजरको प्रयोग गरेर बजार सरसफाइ गर्ने अभियान थाल्नुभएको छ ।

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी वडा अध्यक्ष गुप्ताले सरसफाइलाई निरन्तरता दिनुभएको हो । जीतपुरमा रहेको अव्यवस्थित ट्राफिक व्यवस्थापनका साथै बजारको सडक क्षेत्रमा बनाइएका झुप्राहरु हटाएर बजार सुन्दर बनाउने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

दशै, तिहार र छठ जस्ता पर्वको बेला बजारमा किनमेल गर्ने ग्राहकलाई सहजता प्रदान गर्न र जीतपुर बजारको व्यवसायलाई प्रवद्धर्न गर्न बजार क्षेत्रको सरसफाइ गर्न लागिएको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।वडा अध्यक्ष गुप्ताले जथाभावी रुपमा बनाएर राखिएकाछाप्राहरुले बजारको व्यवसायमा असर पु¥याएको बताउँदै हाल भएकै संरचनालाई तत्काल प्रयोग गरेर बजार व्यवस्थापन गर्ने बताउनुभएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले हालसम्म योजना सञ्चालन गर्न कुनै किसिमको बजेट विनियोजित नगरेको भएपनि आफ्नों एकल प्रयासबाट सरसफाइ तथा विकासको काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।अध्यक्ष गुप्ताले सडक तथा सार्वजनिक स्थानमा बनाइएको घरटहराको नक्सा पास गराएको प्रमाण ३५ दिनभित्र वडा कार्यालयमा ल्याउन सूचना जारी गरिसकेको जानकारी गराउँदै सो अवधिभित्र नक्सा पास नभएको र निर्माण कार्य जारी राखेका वा सडकमा पर्ने, सार्वजनिक स्थानमा निर्माण भएका संचरना बारेमा कडा कदम चाल्ने बताउनुभएको छ ।

Leave a Reply