रौतहट । प्रादेशिक अस्पताल गौरमा आवश्यक सम्पूर्ण सुविधा उपलब्ध भएपनी कर्मचारी आभावका कारण रेफर अस्पताल बनेको छ ।

भव्य संरचना र आवश्यक सम्पूर्ण उपकरणहरु हुँदापनी प्रादेशिक अस्पतालले कर्मचारी आभावको कारण देखाउँदै अस्तव्यस्त गराएको हो ।

अस्पतालप्रति गरिब निमुखा जनताहरुको जनविश्वास नदेखिएको कारण अस्पतालमा आउने अधिकाँश बिरामीहरु पहुँचको भरमा सजिलै सम्पूर्ण उपचार सेवा पाईरहेका छन भने अन्य गरिब सेवाग्रहीहरु रेफर हुने गरेका छन् ।

अस्पतालमा पर्याप्त उपकरणहरु हुँदा समेत बिरामीको समुचितउपचार नपाउँदा बिरामीहरु अन्यन्त्रउपचार गराउन बाध्य समेत भएका हुन् । रौतहटको सदरमुकाम गौर तथा ग्रामीण भेगका अधिकांश नगरपालिका तथा गाउँपालिकाका बिरामीकालागि पायक पर्ने यो अस्पताल हालसम्मपनी बिरामीको लागि विश्वासिलो बन्न सकेको छैन । अस्पतालमा भवन, शैया, उपकरण लगायतका समानहरुको आभाव छैन, तर, सधै जनशक्ति र विशेषज्ञ चिकित्सकको आभाव हुने गरेको छ ।

२०७३ माघ २० गते नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले गौर अस्पताललाई २५ शैयाबाट ५० शैयाको अस्पतालमा रुपान्तरण गरी एक जना मेडिकल सुपरीटेन्डेड तथा आठ जनाको विशेषज्ञ सहित ५१ जनाको दरबन्दी कायमगरी स्वीकृति गरेको थियो ।

प्रदेश नम्बर दुईको मातहतमा रहेको गौर अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेड, बालरोग, स्त्रीरोग, फिजिसियन, सर्जन सहितनौ जनाविशेषज्ञ, चार जना मेडिकल अधिकृत, डेन्टल सर्जन, फिजियोथेरापिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट जस्ता विशेषज्ञहरुको दरबन्दी स्वीकृत गरिएको छ ।

दक्षजनशक्तिको दरबन्दी स्वीकृत रहेपनी यस अस्पतालमा एक जना मेडिकल सुपरीटेन्डेड सहित २८ जना जनशक्ति हुँदा समेत एक जनापनी विशेषज्ञ रहेको छैन् । सातलाख जनसंख्या भएको रौतहटमा एक जना पनिविशेषज्ञ नहुँदा उपचारमा समस्या उत्पन्न भईरहेको अस्तालले जनाएको छ ।

भेन्टिलेटर मशीनप्रयोग विहिन
रौतहटेली जनताको समुचित उपचारकालागि संघीय तथा प्रदेश सरकारको सहयोगमा अस्पताललाई पठाईएको चार वटा भेन्टिलेटर सहितको दश शैयाको आईसियु कोठा अहिले दक्षजनशक्ति आभावका कारण सञ्चालन हुन सकेको छैन ।
करिब एक वर्ष अघि पठाईएको उक्त भेन्टिलेटर कारोना महामारीको बेलामासमेत प्रयोग विहिनबनेको थियो । भेन्टिलेर सचालनकालागि पटक पटक दरबन्दी अनुसारको दक्षचिकित्सक पठाउन आग्रहगर्दा पनी मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले बेबास्तागर्दे आएको भनेर प्रादेशिक अस्पतालका निमित्त सुपरिटेन्डेड डा. कृष्ण साहले पञ्छिन खोज्नुभयो ।
अस्पताल परिसरको आईसियु वार्डको एउटा कोठामा मृत् अव्स्थामा भेन्टिलेटर मशिन सहित आवश्यक उपकरण तथा शैयाहरु फालिएको अवस्थामा रहेको छ ।

अक्सिजन प्लान्ट पनी बेबारिसे
यस्तै कारोनामहामारी तथा सर्वसाधारणहरुको समुचित उपचार गर्न लक्षित गर्दे संधीय सरकारको सहयोगमा गौर अस्पतालमा जडान गरिएको अक्सिजन टयाँक पनी प्रयोग विहिन बनेको छ ।

संघीय सरकारले ५० लाख रुपैया पठाएपनी अस्पतालले ठेक्कामार्फत ३४ लाख रुपैयामा अक्सिजन प्लान्ट स्थापना गरेपनी हालसम्म दक्षजन शक्ति आभावकाकारण प्रयोग विहिनमा ल्याएको छ । ४६ लिटर क्षमताभएको १५ देखी २० वटा अक्सिजन टयाकी दैनिक भण्डारण गर्ने क्षमता रहेको छ । अक्सिजन प्लान्ट स्थाापना गरेको एक वर्ष अघि परीक्षणका रुपमा सञ्चालित उक्त टयांकबाट निर्मित अक्सिजन पाइप लाईन मार्फत अस्पतालको वार्डमा आपुर्ति गरिएको थियो । तर अहिले अक्सिजन प्लान्ट चलाउने जनशक्ति आभावको कारण देखाउँदै बेबारिसे बनेको छ ।

 

गौर अस्पतालले बिरामीहरुलाई समुचित उपचार सेवा दिन नसक्दा बिरामीहरु चर्को रकम खर्चेर अन्यन्त्र उपचार गराउन जानेको संख्यापनी बदढै गएको छ । प्रादेशिक अस्पताल गौरमा मेडिकल सुपरिटेन्डेड कृष्णा साह रहुनजेल सम्म अस्पताल प्रतिको विश्वास नबढने गौरका स्थानीय बासिन्दाहरुले आरोेप लगाएका छन् ।

्मन्त्रालयले आवश्यक दरबन्दी पुरा गर्न पत्राचार गर्दा पनी मेसु साहले कमिशनको मोहमा रकम माग्दै आएकोले पनी कर्मचारी गौरमा बस्न नरुचाएको बताउँदै स्थानीय बासिन्दाहरुले समान्य चेकजाँच तथा औषधी उपचारमा समेत अस्पतालमा कमिशनको खेल बढेको छ ।

यस विषयमा प्रादेशिक अस्पताल गौरका प्रमुख कृष्णा साहले दक्ष जनशक्ति आभावको पदपुर्तिका लागि पटक पटक सूचना आह्वान गरेपनी राजनीतिक दलहरुको हस्तक्षेपका कारण पुरा गर्न नसकेको आरोप लगाउनुभयो । आफुले अस्पतालबाट हुने सेवा सुविधा परिपत्र अनुसार गर्ने निर्णय गरेपनी राजनीतिक दलका व्यक्तिहरुले अस्पताल परिसरबाट खोलेका व्यक्तलाई काम दिन दवाव दिदै आएको समेत उनको आरोप थियो ।

 

Leave a Reply