कलैया,जिल्ला प्रशासन कार्यालय बाराले असार १ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्र वितरणको समय परिवर्तन गरेको छ ।बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शुक्रवार एक सूचना जारी गरी राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहको लागि असार १ गते आइतवारबाट लागू हुने गरी बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म (सार्वजनिक बिदाका दिन बाहेक) को समय कायम गरिएको जानकारी गराउनुभएको छ ।
सेवाग्राहीको चाप कम हुदै गएकोले समय परिवर्तन गरिएको उहाँले बताउनुभएको छ । सेवाग्राहीहरुको अत्याधिक चापका कार्यालयले गत जेठ ०५ गतेबाट सार्वजनिक बिदाका दिन बाहेक बिहान ७ः३० बजेदेखि साँझ ७ः०० बजेसम्म सेवा प्रवाहा गर्दैआएको थियो ।यसअघि स्थगित गरिएको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण सम्बन्धी कार्य भने प्रत्येक दिन हुने जिल्ला प्रशासन कार्यालयले बाराले जनाएको छ ।

















