कलैया,अवैध चाँदीसहित बाराका एक जनालाई प्रहरीले सोमवार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय अनिषकुमार सिंह रहेका छन् ।१२ किलोभन्दा बढी अवैध चाँदीसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभएको छ ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका वडा नम्बर २ नागढुंगास्थित प्रहरी चेकपोइन्टमा रोकेर जाँच गर्दा बसका सहचालक सिंहले बसभित्र लुकाएर राखेको १२ किलो १७६ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेका चाँदीका वस्तुहरूमा सिक्री, चन्द्रमा, पाउजु लगायतका गरगहना रहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

















