पोखरिया,धोबिनी गाउँपालिका वडा नम्बर ४ को लंगडीमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नारायणी वयोधा अस्पताल र बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको आयोजनामा भएको सो शिवीरमा प्रसुति रोग विशेषज्ञ डा. रुबिना ताम्राकार गुरुङ, हाडजोर्नी तथा नसा विशेषज्ञ नवीन सिंह, बरिष्ठ फिजिसियन मनबोध साह र स्टाफ नर्स रुखसाना खातुन, सुभम मिश्रा, सबिना रेग्मी, अर्चना साह र बि. एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकका चिकित्सक सुशीलकुुमार ठाकुर, बिनय साह, सन्तोष सहनी, अर्जुन साह, सन्जय पटेललगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको बिनय साहले जानकारी दिनुभयो ।

शिवीरमा बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको साहले बताउनुभयो । शिवीरमा १ सय ८० जनाको स्वास्थय परीक्षण गरिएको थियो । बि.एल ठाकुर मेमोरियल हेल्थ क्लिनिकको प्राङ्गणमा शिवीर आयोजना गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here